आयोगद्धारा १० हजार ८९२ मतदान केन्द्र तोकिए

सहयात्रा टिभी

काठमाडौं । चैत २३, निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

 

 

प्रकाशित : 5 April, 2024

प्रतिक्रिया दिनुहोस्