केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित

सहयात्रा टिभी

काठमाडौं । चैत २३, भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा लिगको अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ ।

बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा १ सय १९ रनमा अल आउट भयो ।

नेपालका सन्दीप जोराले सबैभन्दा धेरै ५६ रन बनाए । यस्तै विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन जोडे । बलिङतर्फ बरोडका ध्रुव पटेलले ४ र लक्षित तोक्सियाले ३ विकेट लिए ।

यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

बरोडाका शाश्वत रावतले ३१, ध्रुव पटेलले २९ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झा र करण केसीले समान २ विकेट लिए ।

 

प्रकाशित : 5 April, 2024

प्रतिक्रिया दिनुहोस्