केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल ‘ए’ले आज आयरल्याण्ड वुल्भ्ससँग अन्तिम खेल खेल्दै

सहयात्रा टिभी

काठमाडौं । चैत २५, ‍नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ। त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि खेल सुरू हुनेछ।

नेपालले सिरिज गुमाइसकेको भएपनि क्लिन स्विपबाट जोगिनका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।

नेपाल सिरिजको पहिलो खेलमा २१ रनले पराजित हुँदा दोस्रो खेलमा ११४ रनको लज्जास्पद हार ब्यहोरेको थियो।

दोस्रो खेलमा नेपाल ६० रनमै अलआउट भएको थियो। क्लिन स्विप हुनबाट जोगिन आजको खेलमा नेपालले जित्नुपर्ने दबाब छ।

टी-२० सिरिजमा पनि अन्तिम खेलमा नेपाल विजयी हुँदै क्लिन स्विपबाट जोगिएको थियो।

विनोद भण्डारीको कप्तानीमा रहेको टिममा अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।

प्रकाशित : 7 April, 2024

प्रतिक्रिया दिनुहोस्