केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयरल्याण्ड विरुद्ध अर्जुनले ७५ बलमा अर्धशतक पूरा गरे

सहयात्रा टिभी

काठमाडौं । चैत २५, अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड ए विरुद्ध अर्धशतक बनाएका छन् ।

२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले २१औं ओभरको पहिलो बलमा चौकासँगै ७५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।

त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए ।

 

 

 

प्रकाशित : 7 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्