केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिंहदरबार परिसरभित्र ट्राफिक प्रहरीको छुट्टै युनिट खडा

सहयात्रा टिभी

काठमाडौं । चैत २६, सिंहदरबार परिसरभित्र ट्राफिक व्यवस्थापन भद्रगोल भएपछि ट्राफिक प्रहरीको छुट्टै युनिट खडा भएको छ ।

सिंहदरबारभित्र ट्राफिक सम्बद्ध समस्या बढ्दै गएपछि गृह मन्त्रालयले ट्राफिक युनिट नै राखेर व्यवस्थापनको प्रयास थालेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले सिंहदरबारभित्रका सडकमा ट्राफिक व्यवस्थापन हेर्न प्रहरी नायब निरीक्षकको नेतृत्वमा ५ जना ट्राफिक प्रहरी खटाइएको बताए ।

उनका अनुसार यसअघि सिंहदरबारको गेटहरुमा खटिनेसहित अहिले सिंहदरबारमा ट्राफिक प्रहरीहरुको संख्या १३ पुगेको छ ।

सिंहदरबारभित्र ट्राफिक व्यवस्थापनको समस्या पुरानो हो । यहाँ सडकको दुवैतर्फ आधा–आधा भाग र सडक पेटीको पुरै भाग ढाकेर गाडी राखिनु सामान्य बनेको छ ।

काम विशेषले सिंहदरबारभित्र जानेहरु फुटपाथ ओगटेर पार्किङ गरिएका गाडीका कारण बीच सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।

भित्रका सडक क्षेत्रमा तीव्र गतिमा सवारी हाँक्ने र मूल सडक क्षेत्रमै असार पर्ने गरी सवारी नियम उल्लंघन गर्नेहरुलाई ट्राफिकले निगरानी गर्नेछ ।

 

प्रकाशित : 8 April, 2024

प्रतिक्रिया दिनुहोस्