सरकारमा सहभागी कोशीका माओवादी मन्त्रीले बुझाए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । चैत २६, कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा बुझाएका छन् ।

सोमबार सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै माओवादी केन्द्रका मन्त्रीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती पर्यटन तथा वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री थिए ।

 

 

 

प्रकाशित : 8 April, 2024

प्रतिक्रिया दिनुहोस्