कैलालीमा घरको धुरीमा झुन्डिएको अवस्थामा दिदीबहिनी मृत भेटिए
सहयात्रा टिभी
काठमाडौं । चैत २७, कैलालीमा घरको धुरीमा झुन्डिएको अवस्थामा दिदीबहिनी मृत भेटिएका छन् ।
घोडाघोडी नगरपालिका-१० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको ५ ।