बालुवाटारमा छलफल जारी रहदा प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

सहयात्रा टिभी

काठमाडौं । चैत २७, सभामुखसहित सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ ।

प्रतिनिधि सभाको बैठक सञ्चालनका विषयमा नेताहरूबीच छलफल चलिरहेको छ । नेपाली कांग्रेस गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको छ । सत्तारुढ दलहरू भने उक्त कुरामा सहमत छैनन् ।

छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने कांग्रेसले अडान लिएको छ । दलहरूबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक सुरू हुन सकेको छैन ।

बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने, कांगेस महामन्त्री गगन थापा, कृष्ण सिटौला र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

 

 

 

प्रकाशित : 9 April, 2024

प्रतिक्रिया दिनुहोस्