काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा प्रदर्शन सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)द्धारा काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।

व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपाले भृकुटीमण्डपमा भेला भएर प्रदर्शन सुरु गरेको हो ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन सुरु गरेको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो ।

प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । प्रदर्शनमा सहभागीहरुले निषेधित क्षेत्र तोड्न सक्ने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

 

प्रकाशित : 9 April, 2024

प्रतिक्रिया दिनुहोस्