केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली धावक गोपीचन्द्रले लन्डन म्याराथनमा भाग लिने

सहयात्रा टिभी

काठमाडौं । चैत २८, नेपाली धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा भाग लिने भएका छन् ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम हलमा उनलाई नेपालगञ्ज म्याराथन अध्यक्ष टीएस ठकुरी, सदस्य सचिव टंकलाल घिसिङलगायतले उनलाई बिदाइ गरेका छन् ।

गोपी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछन् । लन्डन म्याराथन वैशाख ९ गते हुनेछ । नवौं नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनको लागि छनोट भएका थिए ।

 

 

प्रकाशित : 10 April, 2024

प्रतिक्रिया दिनुहोस्