केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल बास्केटबल संघले पहिलेकै माहोल फर्काउने प्रयास

सहयात्रा टिभी

काठमाडौं । चैत २९, कुनै बेला स्कुल, कलेजदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म नेपाली बास्केटबल टोलीको व्यस्तता निकै थियो ।

पछिल्लो समय फेरि नेपाल बास्केटबल संघ (नेबा)ले पहिलेकै माहोललाई फर्काउने प्रयास गरिरहेको छ ।

नेपालले उमेर समूहदेखि सिनियर स्तरमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्थ्यो । बीचमा केही समय बास्केटबलको यो माहोल सुस्त बन्यो ।

पहिलेकै माहोललाई फर्काउने प्रयासका लागि बाह्रै महिना खेलाडीहरुको प्रशिक्षण गर्ने, वर्षैभरी व्यस्त बनाउने, ग्रासरुटदेखि राष्ट्रियस्तरसम्मको प्रतियोगिता गर्ने अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र आयोजनाको लक्ष्य नेबाले राखेको छ ।

नेबाले २०८१/८२ को प्रस्तावित वार्षिक कार्यक्रममा पनि यी प्रतियोगिताहरु सहित रेफ्री र कोचको ट्रेनिङ अनि मिनी बास्केटबललाई समेटेको छ ।

यस बाहेक १७ औं राष्ट्रिय महिला तथा १८ औं राष्ट्रिय पुरुष बास्केटबल २०८१ मंसिरमा गर्ने तय छ ।

यस्तै बच्चाहरुका लागि मिनी बास्केटबलको अवधारणा समेत नेबाले बनाएको छ । ‘मिनी बास्केटबलमा १२ वर्षमुनिका बच्चाहरुले सहभागिता जनाउनेछन्,’ नेबाले २०८१ को अन्तिममा पोखरामा मिनी बास्केटबल कन्भेन्सन नै गर्ने कार्यक्रम छ ।

यसैगरी विद्यालयहरुमा बास्केटबल पु¥याउने र सिकाउने लक्ष्यका साथ ‘बल इन स्कुल’ कार्यक्रम समेत गर्ने गुरुङले बताए ।

 

प्रकाशित : 11 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्