केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ग्रामीण विकास लघुवित्तका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

सहयात्रा टिभी

काठमाडौं । चैत ३०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीविरूद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मद्दा दायर गरेको छ ।

किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको र पशु कर्जारधितो कर्जा दिंदा कमिशन खाएको भन्‍दै अख्तियारले संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीमाथि हानी नोक्सानी गरेको अभियोग लगाएको हो ।

२०६८/६९ देखि सार्वजनिक पदमा रहँदा उनले १९ लाख २ हजार २३७ रुपैयाँ अपचलन तथा हिनामिना गरेको खख्तियारको दावी छ । साथै अख्तिायरले सोही बराबरको बिगो माग दाबी गरेको हो ।

 

 

 

प्रकाशित : 12 April, 2024

प्रतिक्रिया दिनुहोस्