केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले पहिलो खेलमा टस हारेर फिल्डिङ गर्ने

सहयात्रा टिभी

काठमाडौं । चैत ३०, नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ ।

ओमानको अल अमरेत मैदानमा १ मा मलेसियाका कप्तान विरनदीप सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिंदै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।

उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेबिया छन् ।

समूह ‘बी’ मा ओमान, यूएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि-२० विश्वकपपछि हुने टि-२० एसिया कप खेल्न पाउनेछ ।

 

प्रकाशित : 12 April, 2024

प्रतिक्रिया दिनुहोस्