केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विविध शीर्षकबाट एक महिनामा अर्थद्धारा साढे ३६ अर्ब निकासा

सहयात्रा टिभी

काठमाडौं । वैशाख २, अर्थ मन्त्रालयले पछिल्लो एक महिनामा विविध शीर्षकमा रहेको बजेटबाट साढे ३६ अर्ब रुपैयाँ निकासा दिएको छ ।

मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाएको जानकारी दिएको छ । अर्थतन्त्र सुस्ताएका बेला सरकारी खर्चसमेत खुम्चिँदा थप सुस्तता आएको निजी क्षेत्रले आलोचना गर्दै आएको छ ।

अर्थमन्त्री वर्षमान पुन मन्त्रालयको जिम्मेवारीमा आएको एक महिनामा सरकारी निकायबाट १ अर्ब ६३ करोड रकमान्तर गरी खर्च गरिएको छ ।

त्यस्तै २ अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिए पनि खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको मन्त्रालयले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनमा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च हुन नसकेपछि रकमान्तर, कार्यक्रम संशोधन र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था छ । ऐनको व्यवस्थाभित्रै रहेर खर्च बढाउने प्रयास भइरहेको मन्त्रालयको भनाइ छ ।

 

प्रकाशित : 14 April, 2024

प्रतिक्रिया दिनुहोस्