केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालविरुद्ध हङकङले सुरूवाती ६ ओभरमा २ विकेट गुमाए

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३, हङकङले एसीसी प्रिमियर कपमा नेपालविरुद्ध मध्यम सुरूवात गरेको छ ।

अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले सुरूवाती ६ ओभरमा २ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

हङकङका अंशुमन रथ १७ बलमा ३ चौकासहित १६ र बाबर आयत शून्यमा क्रिजमा छन् । ओपनर मार्टिन कोट्जीले दोस्रो ओभरको तेस्रो बलमा व्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए ।

सोमपाल कामीको बलमा ठूलो सट खेल्न खोजेका मार्टिनको बल हाइ गएको बेला गुलशन झाले क्याच छाड्न पुगेका थिए ।

प्रकाशित : 15 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्