केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हङकङलाई ८ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जित

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३, नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।

समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

प्रकाशित : 15 April, 2024

प्रतिक्रिया दिनुहोस्