शेयर बजारमा उच्च अङ्कको गिरावट
सहयात्रा टिभी
काठमाडौं । वैशाख ३, नयाँ वर्षको दोस्रो कारोबार दिन पनि शेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ ।
शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ ।
हिजो नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार दुई अङ्कभन्दा धेरैले घटेको थियो ।
आज सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज तीन सय १४ वटा कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ ।