केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईपीएल क्रिकेटमा एकै खेलमा ५४९ रनको कीर्तिमानी

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, पहिलो पटक आईपीएल टी-२० क्रिकेटको एकै खेलमा ५४९ रन बनेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सोमबार राति सम्पन्न रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीचको खेलमा यो कीर्तिमान बनेको हो ।

चिन्नास्वामी स्टेडियम बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनाएको थियो ।

यसै सिजनमा मुम्बई इन्डियन्सविरुद्ध बनाएको २७७ रनको आफ्नै कीर्तिमान तोड्दै हैदराबादले आईपीएल इतिहासकै उच्च योगफल बनाएको थियो ।

बेंग्लोरले जवाफी ब्याटिङमा २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । बेंग्लोर २६२ र हैदराबाद २८७ रन गरेर एकै खेलमा ५४९ रन बनेको हो ।

यसअघि यसै आईपीएलमा मुम्बई र हैदराबादबीचको खेलमा ५२३ रन बनेको थियो । उक्त खेलमा हैदराबादले २७७ र मुम्बईले २४६ रन जोडेका थिए ।

बेंग्लोर र हैदराबादबीचको खेलमा ३८ छक्का र ४३ चौका गरी कुल ८१ बाउन्ड्री प्रहार भए । एकै टी-२० खेलमा सर्वाधिक बाउन्ड्री कीर्तिमान बराबर हो । यसअघि गतवर्ष वेस्टइन्डिज र दक्षिण अफ्रिकाबीचको खेलमा ८१ बाउन्ड्री (४६ चौका र ३५ छक्का ) प्रहार भएको थियो ।

एकै खेलमा ३८ छक्का प्रहारको कीर्तिमान पनि बराबर हो । मुम्बई र हैदराबादबीचको खेलमा पनि कुल ३८ छक्का प्रहार भएको थियो ।

 

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्