केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्र बैंकको सर्भरमा एकै व्यक्तिले १५ हजार पटक साइबर आक्रमण

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, नेपाल राष्ट्र बैंकको सर्भरमा ६ महिनाको अवधिमा एकै व्यक्तिले १५ हजार पटक साइबर आक्रमण गरेको पाइएको छ ।

राष्ट्र बैंकको बेवसाइट र वेब एप्लिकेशनहरूमा साइबर आक्रमण भएको भन्दै उजुरी परेपछि केन्द्रीय साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा १५ हजार पटकसम्म आक्रमण भएको खुलेको हो ।

राष्ट्र बैंकको सर्भर ह्याक गरेको आरोपमा साइबर ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ३० फागुनमा नवराज लामिछानेलाई पक्राउ गरेको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ घर भई पोखराको बिरौटा बस्दै आएका २६ वर्षीय लामिछानेलाई काठमाडौं ल्याएर ब्यूरोले अनुसन्धान गरेको थियो ।

कम्प्युटर इन्जिनियरिङमा स्नातक पास गरेर पोखराकै एक स्कुलमा कम्प्युटर शिक्षकको रुपमा कार्यरत उनले पटक पटक राष्ट्र बैंकमाथि साइबर आक्रमण गरेका थिए ।

जसक्रममा उनले १५ हजार पटकसम्म राष्ट्र बैंकको वेबसाइट र वेब एप्लिकेशनहरूमा आक्रमण भएको खुलेको साइबर ब्यूरो स्रोतले भन्यो ।

राष्ट्र बैंकको उक्त पत्रपश्चात ब्यूरोले अनुसन्धान गर्दा २७।३४।४८।२११ र २७।३४।४८।१६३ आईपी प्रयोग गरेर ह्याक भएको खुलेको थियो । उक्त आईपीहरूबारे इन्टरनेट सेवा प्रदायकसँग थप विवरण माग्दै प्रहरीले ‘युजर नेम’ देखि मोबाइल नम्बरसम्म पत्ता लगाएको थियो । सो क्रममा पोखराबाट ह्याक गरेको देखिएपछि कास्की प्रहरीको सहयोगमा लामिछानेलाई पक्राउ गरेर काठमाडौं ल्याई अनुसन्धान गरिएको थियो ।

ह्याक गरेको आरोपमा पक्राउ परेका लामिछानेले भने रिवार्ड पाउनका लागि ह्याक गरेको दाबी गरेका छन् । राष्ट्र बैंकको कमजोरी पत्ता लगाइदिएर रिवार्ड पाउने सोचले ह्याक गरेको उनको दाबी छ ।

फुर्सदको समयमा वेबसाइट र बगमा देखिएका सिस्टमहरूको कमजोरीबारे आफूले अध्ययन गर्ने गरेको र सोही क्रममा राष्ट्र बैंकको वेब साइटमा पुगेको उनको भनाइ छ ।

इन्टरनेटबाट इथिकल ह्याकिङ, वेब डेभलपमेन्ट, डिजिटल फरेन्सिकहरूका बारेमा अध्ययन गर्ने र कमजोरी समेत पत्ता लगाउने गरेको सम्बन्धीतलाई जानकारी गराउने गरको लामिछानेको दाबी छ ।

कमजोरी पत्ता लगाएर मेल गरेको दाबी लामिछानेले गरे पनि प्रहरी अनुसन्धानका क्रममा भने उनले बैंकको आन्तरिक सर्कुलेनको डेटा ह्याक गेरेर डार्क वेबमा अक्सनमा समेत राखेको खुलेको थियो ।

ह्याकको आरोपमा पक्राउ परेका लामिछाने भने केही दिनअघि मात्रै ५० हजार धरौटीमा जिल्ला अदालत काठमाडौंबाट रिहा भएका छन् । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा चलाइएको थियो ।

 

 

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्