केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी डलरको मुल्यमा उच्च बृद्धि भारु पनि कमजोर बन्दै

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, अमेरिकी डलरको मुल्यमा उच्च बृद्धि भएको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ डलरको भाउ अर्थात बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिद दर पनि १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

हिजो १ डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ २३ पैसा थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु पनि कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा हुन्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने डलरको भाउ बढेको बेला फाइदा हुन्छ ।

 

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्