ओमानमा जारी नेपाल र साउदीबीचको खेल ढिलो सुरु हुने
सहयात्रा टिभी
काठमाडौं । वैशाख ५, ओमानमा जारी एसीसी प्रिमियर कपअन्तरगत नेपाल र साउदी अरेबियाबीचको खेल केही ढिलो सुरु हुने भएको छ ।
मंगलबार राति मैदानमा वर्षा र हाबाहुरी लागेको थियो । त्यसैले मैदानको पिचमा पानी पसेपछि खेल एक घण्टा ढिलो हुने भएको हो । पिचमा पानी पसेपछि अर्कोमा गराउने तयारी भएको छ ।
नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ ।