केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कप्तान श्रेयस ऐरलाई आईपीएल २०२४ मा १२ लाख भारू जरिवाना

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, कोलकाताका  कप्तान श्रेयस ऐरलाई आईपीएल २०२४ मा १२ लाख भारू जरिवाना लागेको छ ।

नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको हो।

मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण कारबाहीमा परेका हुन् ।

जारी आईपीएलमा स्वलो ओभर रेटका कारण दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नाइ सुपर किंग्सका ऋतुराज गायकवाड पनि १९ लाख जरिवानामा परिसकेका छन् । कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

 

 

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्