केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र अरबबीचको ओमानमा जारी खेल दिउँसो २: १५ मा सुरु हुने

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ ।

खेल निर्धारित समय मध्याह्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनुपर्ने थियो । तर, मंगलबार राति भएको वर्षाको कारण समयमा हुन सकेन । अब खेल दिउँसो २ : १५ मा सुरु हुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

साउदी अरब ३ खेलमा २ हार र एक जितसहित २ अंकसाथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकसाथ सेमिफाइनल खेल्ने साउदीको सम्भावना हुन्छ ।

 

 

 

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्