केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले साउदीलाई ६ विकेटले हराउँदै सेमिफाइनलमा

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो ।

७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाएका थिए । अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाल समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।

नेपालले शुक्रबार समूह बी को उप-विजेतासँग सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले टी(२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्