केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेमिफाइनलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पायो

सहयात्रा टिभी

काठमाडौं । वैशाख ७ , एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ राजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको छ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् ।

नेपाल साविकको विजेता टोली पनि हो । यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

 

प्रकाशित : 19 April, 2024

प्रतिक्रिया दिनुहोस्