केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बादल कार्कीले युथ एसियन एथ्लेटिक्स खेलमा दुई स्वर्ण पदक जित्न सफल

सहयात्रा टिभी

काठमाडौं । वैशाख ९ , बागलुङको काठेखोला गाउँपालिका ७ का १७ वर्षीय बादल कार्कीले भर्खरै सकिएको १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथ्लेटिक्स खेलमा दुई स्वर्ण पदक जिते ।

 

मध्यम दूरीमा दौडिएका उनले १५०० र ८०० मिटर इभेन्टमा पहिलो हुँदै स्वर्ण जितेका हुन् ।

राष्ट्रपति रनिङ शिल्डमा तेस्रो प्रयासमा उनले स्वर्ण पदक जित्न सफल भएका हुन् । यसअघि १२औं संस्करणमा ३ हजार मिटरमा तेस्रो भएका उनी १३औं संस्करणमा १५०० मिटरमा दोस्रो भएका थिए ।

स्थानीय तहको पालिका जिल्ला र प्रदेशमा विजयी हुँदै केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा छनोट भएका बादलले प्रतिस्पर्धा गरेको दुवै इभेन्टमा स्वर्ण जितेका हुन् । बादलले यु-२० साउथ एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा समेत पदक जितेका छन् ।

केही दिनपछि यूएईको दुबईमा हुने एसियन यु-२० एथ्लेटिक्समा च्याम्पियनसिपमा भाग लिने तयारीमा रहेको बादलको अबको लक्ष्य अर्को वर्ष हुने युथ एसियन एथ्लेटिक्समा पदक जित्नु हो ।

 

प्रकाशित : 21 April, 2024

प्रतिक्रिया दिनुहोस्