केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँ बराबरको क्षति

सहयात्रा टिभी

काठमाडौं । वैशाख १०, आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५, चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले २ तले घर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार रुपैयाँ नष्ट भएको छ ।
ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए ।

 

 

 

प्रकाशित : 22 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्