केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य एकैदिन २७ सयले घट्यो

सहयात्रा टिभी

काठमाडौं । वैशाख ११, मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला २७ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।

 

 

 

प्रकाशित : 23 April, 2024

प्रतिक्रिया दिनुहोस्