केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केमिकल लोड गरि गुडिरहेको एक ट्रकमा आगलागी

सहयात्रा टिभी

काठमाडौं । वैशाख ११, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ ।

आज बिहान ना ४ ख ८६१७ नम्बरको ट्रकमा आगलागी भएको हो । केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो ।

आगलागीको कारण खुलेको छैन तर केमिकलहरु एकापसमा ठोक्किएर आगो लागेको हुनसक्ने अनुमान छ । उक्त ट्रकमा औषधिमा प्रयोग हुने केमिकल लोड भएको अनुमान छ । तर, कस्तो खालको केमिकल हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको थियो । आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल मगाइएको थियो । तर दमकल आउन ढिला भएकाले आगो ट्रकभरी फैलिएको थियो ।

दमकलको सहायतामा आगो निभाएपछि अहिले अवस्था सामान्य रहेको र राजमार्गमा गाडीहरु निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

 

प्रकाशित : 23 April, 2024

प्रतिक्रिया दिनुहोस्