मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर १०को मृत्यु
सहयात्रा टिभी
काठमाडौं । वैशाख ११, मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।
यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख छ ।