केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शिक्षक आन्दोलनले रोकिएको एसईई उत्तरपुस्तिका परीक्षण सुरु

सहयात्रा टिभी

काठमाडौं । वैशाख १३ , शिक्षक आन्दोलनले रोकिएको काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।

उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौंमा मंगलबारदेखि एसईईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए ।

शिक्षक संगठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरिसकेको आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षण प्रक्रिया सुरु भएको जानकारी पाएको बताए ।

जिल्ला शिक्षा समन्वय एकाइहरूका अनुसार काठमाडौंमा उत्तरपुस्तिका परीक्षण सुरु भएको र ललितपुरमा तयारीका केही काम सकेर शुक्रबारदेखि सुरु गर्ने तयारी छ ।

 

प्रकाशित : 25 April, 2024

प्रतिक्रिया दिनुहोस्