केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेनाको जंगी अड्डाले १४७ प्राविधिक पदहरुका लागि दरखास्त आह्वान

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले १४७ जना प्राविधिक कर्मचारीका लागि आवेदन मागेको छ ।

 

प्राविधिकतर्फको हवाई, पदिक तथा बिल्लादारका पदहरुका लागि शुक्रबार दरखास्त आह्वान गर्दै सेनाले सूचना निकालेको छ ।

नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बर, भेहिकल मेकानिक्स, ग्राउन्ड ह्यान्डलिङ लगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।

दरखास्त १२ गतेसम्म दिन पाउने सूचनामा उल्लेख छ । त्यसपछिको एक हप्ता दोब्बर दस्तुर तिरेर थप आवेदन भर्न सकिनेछ ।

 

प्रकाशित : 26 April, 2024

प्रतिक्रिया दिनुहोस्