केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने

सहयात्रा टिभी

काठमाडौं । बैशाख १५, काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छन् ।

उक्त सुविधा लिनका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर काठमाडौं महानगरपालिकामा जानुपर्ने हुन्छ ।

महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने मेयर बालेनले जानकारी दिएका छन् ।

थप जानकारी लागि महानगरको स्वास्थ्य विभागको निःशुल्क हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न सकिने छ ।

महानगरको जनस्वास्थ्य ऐन, २०८० को दफा २८ अनुसार महानगरपालिका क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न असहाय र बेवारिसे नागरिकको उपचारका लागि छुट्याउनुपर्ने उल्लेख छ ।

यस्तै व्यवस्था नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा समेत उल्लेख छ ।

 

 

प्रकाशित : 28 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्