केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा ट्रकसँग पिकअप ठोक्किँदा ९ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।

पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ५ महिला र ३ बालबालिका पनि  छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ ।

प्राप्त जानकारी अनुसार पिकअपमा ४०–५० जना सवार रहेका थिए । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित : 29 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्