भारतमा ट्रकसँग पिकअप ठोक्किँदा ९ जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । बैशाख १७, भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।
पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ५ महिला र ३ बालबालिका पनि छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ ।
प्राप्त जानकारी अनुसार पिकअपमा ४०–५० जना सवार रहेका थिए । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।