केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टी-२० विश्वकप खेल्ने न्युजिल्यान्डको टोली घोषणा

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, न्युजिल्यान्डले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।

केन विलिम्सनको कप्तानीमा न्युजिल्यान्डले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो ।

टोलीमा फिन अलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रिसवेल, मार्क च्यापम्यान, डेवन कन्वे, लोकी फ्रगुसन, मेट मेनरी, डेरियल मिचेल, जिम्मी निसम, गिलेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सान्तनर, इस सोधी र टिम साउथी छन् ।

योसँगै आगामी जुनमा हुने टी-२० विश्वकपका लागि टिम घोषणा गर्ने न्युजिल्यान्ड पहिलो टिम बनेको छ । न्युजिल्यान्ड विश्वकप खेल तालिकामा ग्रुप सी मा रहेको छ । पहिलो खेल जुन २४ मा अफगानिस्तानसँग खेल्दैछ ।

प्रकाशित : 29 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्