केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलाममा मतगणना स्थल थपियो

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७,मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ।

मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि दुई स्थानमा गणना भइरहेको थियो।

अहिलेसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङसेबुङको गणना जारी छ। अझै तीन पालिकाको मतगणना गर्न बाँकी छ।

तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्न लागिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

गत शनिबार सम्पन्न उपनिर्वाचनको आइतबार दिउँसो १ बजेबाट मतगणना सुरु गरिएको हो ।

प्रकाशित : 29 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्