केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बनारस उड्ने तयारी गरेको बुद्धको जहाजमा प्राविधिक समस्या

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, काठमाडौंबाट बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्याको संकेत आएपछि उड्ने तयारी गरेको जहाज पुनः पार्किङ वेमा फर्काउनु परेको छ । यो सोमबार बिहानको घटना हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले प्राविधिक समस्याको संकेत गरेको थियो । सोही कारण यो जहाज उड्दै नउडी पार्किङमा फर्काइएको हो ।

सामान्यतया समस्याको सानो संकेत पाउँदा पनि पाइलटले जोखिम लिँदैनन्,’ उनले भने, ‘यो सोही प्रक्रिया हो ।’ हवाई उडान सुरक्षित गराउन यस्तो गरिने उनले बताए ।

 

 

 

प्रकाशित : 29 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्