केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । वैशाख १८, भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ । कार चालक धरानका ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 30 April, 2024

प्रतिक्रिया दिनुहोस्