केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आनन्दवनमा लागेको डढेलो निभाउन सुरक्षाकर्मीहरु खटिए

सहयात्रा टिभी

काठमाडौं । वैशाख १८, ललितपुरको गोदावरी नगरपालिका- ६ आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरु खटिएका छन् ।

 

डढेलोका कारण आनन्दवनमा रहेको कुष्ठरोग अस्पताल पनि जोखिममा परेपछि त्यहाँ रहेका ९३ जना बिरामीलाई पनि अन्यत्र सारिएको छ ।

आगो निभाउन ललितपुर महानगरपालिकाको बारुणयन्त्र पनि परिचालन गरिएको छ ।

 

 

 

प्रकाशित : 30 April, 2024

प्रतिक्रिया दिनुहोस्