केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस

सहयात्रा टिभी

काठमाडौं । वैशाख १८, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा.डा.भवानीदत्त जोशीको नाम सिफारिस गरेको हो ।

समितिले १२ वैशाखमा उम्मेदवारहरुको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्र्तवार्ता परीक्षा सञ्चालन गरेको थियो ।

सोही परीक्षामा पाएको अंकका आधारमा योग्यताक्रम अनुसार नाम सिफारिस गरिएको उपकुलपति छनोट तथा सिफारिस समितिका संयोजक विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले जानकारी दिए ।

१२ चैतमा बसेको समिति बैठकले छनोट प्रक्रियालाई निरन्तरता दिँदै १६ चैतको कार्यालय समयभित्र दरखास्त दिन समय अवधि कायम गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालयमा १८ फागुनदेखि उपकुलपति पद रिक्त छ ।

 

 

प्रकाशित : 30 April, 2024

प्रतिक्रिया दिनुहोस्