केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललितपुरमा डढेलो निभाउँदा घाइते भएका दोस्रो व्यक्तिको पनि मृत्यु

सहयात्रा टिभी

काठमाडौं । वैशाख १९, ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका अर्को व्यक्तिको पनि मृत्यु भएको छ । गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।

मङ्गलबार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुरस्थित बर्न अस्पतालमा राखिएको थियो । सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको मङ्गलबार मृत्यु भएको थियो ।

ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ । डढेलो अझै नियन्त्रणमा नआएको एसपी सुवेदीले जानकारी दिए ।

प्रकाशित : 1 May, 2024

प्रतिक्रिया दिनुहोस्