मनोरञ्जन कर बुझाउन गोपीकृष्ण मुभिज, एलओडीसहित क्लब र दोहोरी साँझलाई महानगरको ताकेता
सहयात्रा टिभी
काठमाडौं । वैशाख १९, काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझहरुलाई मनोरञ्जन कर बुझाउन ताकेता गरेको छ ।
महानगरले एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझहरुलाई मनोरञ्जन कर बुझाउन ताकेता गरेको हो ।
यस्तै महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर तिर्न बुधबार ३५ दिने सूचना निकालेको हो । जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मंसिर ०८० मा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख छ ।
महानगरले यसअघि १६ फागुन ०८० मा रात्रिकालीन क्बल, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो । तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।