केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलाममा मारुती दुर्घटना हुँदा एक जनाको मृत्यु एक गम्भीर घाइते

सहयात्रा टिभी

काठमाडौं । वैशाख १९, इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुका अनुसार सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई थप उपचारका लागि झापा पठाइएको छ ।

झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको भ्यान आज विहान ५ बजे सडकबाट ४०० मिटर तल खसेको थियो ।

 

प्रकाशित : 1 May, 2024

प्रतिक्रिया दिनुहोस्