केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२१० रनको लक्ष्य पछ्याएको नेपालले शून्य रनमै शेखलाई गुमाए

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, वेस्टइन्डिज एले चौथो टी-२० खेलमा घरेलु टोली नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

वेस्टइन्डिज एसँगको चौथो टी-२० खेलमा २१० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ओपनर आशिफ शेखलाई शून्य रनमै गुमाएको छ ।

पहिलो बलमा डट खेलेका शेख दोस्रो बलमा बोल्डआउन हुन पुगे । उनलाई म्याथ्यू फोर्डले बोल्ड गरेका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

चार्ल्स कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । त्यसपछि आएका केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए ।

अहिले क्रिजमा कुशल भुर्तेलाई साथ दिन कप्तान रोहित शर्मा आएका छन् ।

 

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्