केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्याग्दीमा यातायातको सुविधाले सुन्तला किन्ने ब्यापारी बगैँचामै पुगे

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, म्याग्दीमा यातायात सुविधा भएकाले सुन्तला खेतिले किसानको जिबनयापन गराएको छ ।

सुन्तला किन्ने ब्यापारीले बगैँचामै पुगेर खरीद गर्न थाले पछि किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रूपैयाँभन्दा बढी रकम भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो ।

म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो ५५ देखि रु ६० रुपैयाँका दरले बिक्री भएको छ ।

बेनी नगरपालिकाबाट सबैभन्दा बढी तीन करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।

यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि रु ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ ।

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्