केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वेस्टइन्डिज सँगको खेलमा नेपालको तेस्रो हार

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो ।

११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अल आउट भएको छ । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रन बनाए पनि जित्नलाई पर्याप्त भएन ।

रोहितले पहिलो खेलमा ११२, दोस्रो खेलमा ७१ रन र तेस्रो खेलमा विश्राम गरेका थिए । रोहित बाहेक आजको खेलमा पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

स्पिनर हेडन वाल्स जुनियरको १४औं ओभरको तेस्रो बलमा रोहित लङअफमा म्याथ्यु फर्डबाट क्याच आउट भएपछि शतकको अवसर गुमाएका थिए ।

ओपनर आसिफ शेख शून्य र कुशल भुर्तेल १ रनमा आउट भएका थिए । कुशल मल्ल ४, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुलशन झा १९–१९ रनमा आउट भए ।
अभिनाश बोहरा ८ बलमा २ चौका र १ छक्कासहित १७ र सोमपाल कामी १० रनमा आउट भए ।

वेस्टइन्डिजका स्पिनर हेडन वाल्स जुनियरले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । म्याथ्यु फर्डले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । फबिएन एलेनले २ विकेट लिए ।

 

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्