केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले आज वेस्ट इन्डिज ‘ए’विरुद्ध अन्तिम खेल खेल्दै

सहयात्रा टिभी

काठमाडौं । वैशाख २२, नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको अन्तिम खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

बिहीबार भएको सिरिजको चौथो खेलमा बिहीबार २८ रनको जित हात पार्दै वेस्ट इन्डिज ए शृंखला जित्न सफल भयो ।

त्यसअघि बुधबार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । पाँच खेल खेल्दा नेपालले एक खेल मात्र जितेको छ भने बाँकी वेस्ट इन्डिज ‘ए’ तीन खेल जित्दै श्रृंखला जित्न सफल भएको छ ।

टी–२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी२० खेल खेलिरहेको हो । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ । क्यानले विश्वकप खेल्ने नेपाली टोलीलाई विदाई गरिसकेको छ ।

प्रकाशित : 4 May, 2024

प्रतिक्रिया दिनुहोस्