केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘मनसरा’ को सुरुवाती व्यापार राम्रो, तोड्ला त जारीको रेकर्ड ?

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २३, शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ ले सुरुवाती व्यापार राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो कलेक्शन गरेको निर्माण युनिटको दाबी छ ।

रिलिजको दिन शुक्रबार पूर्वी नेपालका हलहरूमा राम्रो व्यापार गरेको फिल्मले शनिबार पश्चिम नेपालको हलमा राम्रो व्यापार गरेको निर्माता शैलेन्द्र ध्वज कार्की बताए । उनले फिल्मको हल बुकिङले शनिबार नै करोड माथिको व्यापार गरेको अनुमान लगाए ।

फिल्मको शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौँ फर्किएको छ । आइतबार काठमाडौँका केही हलमा पुग्ने कार्यक्रम छ शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक भरिभराउ थिए । धरानको हलमा कलाकारलाई देखेपछि उनी सेल्फी खिच्ने दर्शकको भिड लागेको थियो । साथै, दर्शकले फिल्म उत्कृष्ट बनेको भन्दै मनसरा टिमको प्रशंसा समेत गरे ।

उपेन्द्र सुब्बाको लेखन निर्देशन रहेको फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथा बोल्छ । अभिनेता प्रवीण खतिवडा र अभिनेतृ मिरुना मगरको वरिपरि घुमेको फिल्ममा अभिनेता दयाहाङ राईको पनि सशक्त अभिनय छ । निर्देशक सुब्बाको यो दोस्रो फिल्म हो । सुब्बाले यसअघि ‘जारी’ निर्देशन गरेका थिए । ‘मनसरा’ले बक्स अफिसमा ‘जारी’ले व्यवसायमा बनाएको १७ करोड व्यवसायको रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

 

प्रकाशित : 5 May, 2024

प्रतिक्रिया दिनुहोस्