केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सन्दीपको मुद्दा हेर्न नमिल्नेमा, मुख्य न्यायाधीशले नै गरे ‘रेक्युजल’

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २३, क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार हेर्न नमिल्नेमा परेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो ।

मुख्य न्यायाधीश निरौलाले नै यस मुद्दालाई ‘रेक्युजल’ गरेको सन्दीपका एक कानून व्यवसायीले बताए ।

निरौलाले यसअघि यो मुद्दामा सुनुवाइ गरेर झगडिया झिकाउने आदेश गरेका थिए । अघिल्ला क्रमका मुद्दाहरू हेरेर सन्दीपको मुद्दा छाडी इजलास अगाडि बढेको छ ।

बलात्कार अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन गरेका हुन् ।

अघिल्लो साता समेत पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो । यद्यपि यो मुद्दालाई उच्च अदालतले अग्राधिकार दिएको छ ।

प्रकाशित : 5 May, 2024

प्रतिक्रिया दिनुहोस्